You are currently viewing ‘नोटले द्रुतगतिमा घरघरमा निशुल्क कोरोनाको भाइरस डिलिभरी गर्ने निश्चित छ’
- Dipendra Kanu

‘नोटले द्रुतगतिमा घरघरमा निशुल्क कोरोनाको भाइरस डिलिभरी गर्ने निश्चित छ’

कोरोना संक्रमित विरामिको संख्या दिनदिनै बढिरहेको बेला मई ९ अर्थात बैशाख २६ गते देखि अतिआवश्यक सेवाहरुका लागि लकडाउन खुकुलो बनाउने सरकारको निर्णयले नेपालीहरुलाई थप चिन्तित बनाएको छ ।

हाल बैशाख २७ गते शनिवार बिहान सम्म नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १०९ पुगेको छ भने कछुवा गतिमा भइरहेको परीक्षणले गर्दा सयौको संख्यामा अझै संक्रमित भेटिन बाँकी नै छ ।

आफू लगायत कार्यकर्ताहरुको स्वार्थ पुरा गर्न सत्तामा बसिराख्ने स्वार्थि नेताहरुलाई नेपाली जनताको जीवनरक्षा भन्दा अर्थव्यवस्थाकै चिन्ताले सताएको छ । ज्यान रहे मात्र न यो संसार वा अर्थ रहन्छ । आफू र आफ्नो परिवारका सदस्यहरुको सुरक्षाको व्यवस्था पूरा गरिसकेपछि यहाँ अरुको सुरक्षाको चिन्ता गर्ने चलन नै विकास भएको छैन् हाम्रो नेपालमा । तर बस्ने एउटै समाज हो गरिब मात्र मर्दैनन् होला नि ।

कोरोना कसरी सर्छ भनिराख्न आवश्यक छैन् तर बैंक र वित्तिय संस्था खुलेपछि मान्छे भन्दा छिट्टै पैसा (नोट)ले द्रुतगतिमा घरघरमा निशुल्क कोरोनाको भाइरस डिलिभरी गर्ने निश्चित छ । संक्रमित मान्छेले प्रयोग गरेको नोटमा कोरोना भाइरस लामो समयसम्म जीवित रहन सक्ने भएकोले यो सहजै फैलिन सक्छ । हरेक सेवा एकआपसमा पैसाले नै जुडिएको हुनाले यो सेवा आवश्यक वा कम आवश्यक भन्न मिल्दैन । विश्व नै प्रभावित भएको बेला यो कदमले नेपालको अर्थतन्त्रलाई मात्र गति दिन सक्छ सोच्नु कतिको तथ्यपरक होला त्यो त समयले नै बताउला । घरबस्दा पनि सरसामान किनमेल गर्नैपर्छ, पैसाको लेनदेन हुन्छ नै जसबाट घरका अरु सदस्यहरु घर बाहिर नगइकनै संक्रमित बन्न सक्छन् ।

सरकारी तैयारी कति सबल छ सबैलाई थाहा भएकै कुरो हो । औषद्यी, अस्पताल, उपचार, एम्बुलेन्स, चिकित्सक, अन्य स्वास्थकर्मिहरु आदि पर्याप्त छैनन् । कोरोनाबाट बच्न चाहिने स्वास्थ सामाग्रिको अभावमा स्वास्थकर्मिहरु आफू नै सुरक्षित महसुस गर्न सक्या छैनन् । यस्तो लकडाउनलाई निरन्तरता दिने बेला सरकारले शुक्रवार अर्थात बैशाख २६ गते देखि नै अत्यावश्यक सेवाको नाममा थुप्रै सेवाहरु शसर्त खोल्नु अगाडि आवश्यक तैयारी गरी जनतालाई जानकारी गराएको भए मानिसहरु आत्तिदैनथे होला ।

सरकारले जति अनुरोध गरे पनि यहाँ जनताले कति पालना गर्छन् भन्ने कुरा लकडाउनकै बेला राजधानि जस्तो ठाउँमा सडकमै लागेको गाडिहरुको जामले नै उजागर गर्छ । झन अन्य स्थानहरुमा के हुन्छ हेर्न बाँकी छ ।

लकडाउन खुकुलो बारे यहाँ अति गम्भिर प्रश्नहरु उठेका छन् ।

– सरकारले खुकुलो गर्ने भनिएको सेवाहरुको मात्र पालना कति प्रतिशत सफल हुन्छ ?
– अन्य सेवा दिने कार्यालय वा कलकारखाना स“गस“गै खुल्यो र कर्मचारी संक्रमित भयो भने त्यसको परिणाम के हुनसक्छ ?
– लकडाउन सफल नभइरहेको बेला हछुवाकै भरमा गरिएको यस्तो निर्णयले अति संक्रमित स्थानहरुमा यसको असर के हुनसक्छ ?
– स्थानिय र प्रादेशिक सरकार भइरहेको बेला सुक्ष्म स्थलगत अध्ययनबिना केन्द्रबाटै सिधै यस्तो निर्णय लादिनुको दुरगामि असर र परिणाम के हुनसक्छ ?
– बिदेशी नक्कल गरेर लकडाउन खुकुलो त बनाउन लागेका छौं तर बिदेशको जस्तो हाम्रो तैयारी छ र ?

जनताले घरभित्र बसी कोरोनाबाट बच्न गरिएको अहिलेसम्मको पूर्ण प्रयास कतै खेर त जाने हो कि ? सरकारको भर परेर बाहिर गए संक्रमित अवश्य भइन्छ जस्तो कुराले सर्वसाधारण जनतालाई पिर लागेको छ । बरु सरकारले निश्चित गरेको केही कम प्रभावित स्थानहरुलाई विस्तारै खुकुलो गर्दै गरेको भए पनि हुन्थ्यो कि ?

यो कुरो मान्छेलाई तर्साउन वा डराउनका लागि पक्कै पनि मैले उठाएको होइन तर सोच्ने हो भने यसमा वास्तविकता पनि छ कि ? क्यो कि डर मे हि जित है …

स्वतन्त्र विचार लेखक: दिपेन्द्र कानू, बीरगंज

Leave a Reply