You are currently viewing कोरोना पछिको अवस्था
- Dipendra Kanu

कोरोना पछिको अवस्था

विश्वले कोरोना भाइरसबाट कब छुटकरा पाउछ ? मानिसहरु कबदेखि आफ्नो सामान्य जीवनतफै फर्कन सक्छन् ? जस्ता प्रश्नको लागि कोहिसँग कुनै उत्तर नै छैन । किनभने कोरोना भाइरसको सफल उपचार गर्ने औषद्यी अहिले सम्म कुनै पनि देशसँग छैन । केहि विशेषज्ञहरुको मान्यता छ कि कोरोना भाइरसबाट आउने केहि हप्तामा छुटकारा पाउन सकिन्छ होला भने केहिको मान्यता छ कि गर्मिको वृद्धिसँगै यसको असर कम हुँदैजान्छ । जति धेरै मुख त्यति धेरै कुरा । जति धेरैजना सँग यसको बारेमा कुरा गर्नुहुन्छ त्यति धेरै अलग अलग कुरा मानिसहरु बताउँछन् । जति धेरै डाक्टरसँग कुरा गर्नुस्, सबैको अलग अलग कुरा सुन्न पाउनु हुन्छ ।

तर अमेरीकाको हार्वर्ड युनिभर्सिटीले गरेको एउटा अध्ययन अनुसार यो भाइरस सन् २०२४ सम्म पनि सक्रिय रहन सक्छ र त्यसैले पुरै विश्वलाई अझै धेरै वर्षसम्म सामाजिक दुरीको नियमलाई पालना गर्नुपर्ने हुन सक्छ । यसको मतलब यो हो कि अब वर्षौ सम्म हाम्रो बस्ने तरिका बद्लिनु पर्ने हुन्छ वा यो भनौ हाम्रो जीउने तरिका सधैको लागि बद्लिन्छ । हामी पहिलाको जस्तै जीवनकालमा फर्किन सक्दैनौं । यसको मतलब मानिसहरुसँग कम भन्दा कम भेट्ने, सामाजिक दुरी, हात मिलाउनु भन्दा नमस्कार गर्ने वा हात हल्लाउने जस्ता कुराहरु विश्वकै नयाँ संस्कार बन्ने छ ।

यो अध्ययन अनुसार यदि चाडो भन्दा चाडो यसको औषद्यी पत्ता लागेन भने अमेरिका जस्तो देशलाई सन् २०२२ सम्म सामाजिक दुरीको पालना गर्नुपर्ने हुन्छ र २०२४ सम्म संक्रमित मानिसहरुको निगरानी पनि गर्नुपर्ने हुन्छ किनकी सुस्त हुने बित्तिकै यो भाइरस एकपल्ट फेरि तिव्रगतिले आक्रमण गर्न सक्छ । त्यसैले यो न सोच्नुस् कि यदि कोहि ठिक भएर पनि फर्किन्छ भने उसलाई फेरि यो भाइरस लाग्दैन । यो अध्ययन अनुसार यदि यसको भ्याक्सीन बन्छ र यदि अस्पतालहरुको अवस्था राम्ररी सुधार गर्न सकियो भने यसलाई फैलिनबाट केहि हदसम्म रोक्न सकिन्छ । यो अध्ययनलाई तयार गर्ने डा. मार्क लिप्सेज अनुसार यदि यसको औषद्यी छिट्टै बनेन भने बीचबीचमा ब्रेक दिएर सामाजिक दुरी कायम राख्दै लकडाउन जस्तो प्रभावकारी तरिका बारम्बार अपनाउनुपर्ने हुन्छ । लामो समयसम्म स्कूलहरुलाई बन्द राख्नुपर्ने हुन्छ र मानिसहरुलाई घरबाटै काम गर्ने बानिलाई अपनाउनुपर्ने हुन्छ । हुनसक्छ घरबाट काम भन्ने विचारलाई वर्षौसम्म पालना गर्नुपर्ने हुन्छ । बच्चाहरु जुन घरबाटै अनलाईन कक्षा लिइरहेका छन् त्यहि नै पढ्ने र पढाउने एकमात्र सुरक्षित माध्ययम बन्न सक्छ र सुविधा सम्पन्नका छोराछोरीहरुले मात्र अध्ययन गर्न पाउनेछन् ।

त्यतिमात्र होइन यसले समाजलाई पनि २ वर्गमा बाँड्ने छ । पहिलो जोसँग यो भाइरसबाट लड्ने इम्यून वा भनो लड्न सक्ने क्षमता छ र दोस्रो जो यो भाइरसबाट संक्रमित बन्न सक्छ । अर्थात पहिलोमा यो भाइरस लागेर यो भाइरसमाथि विजय प्राप्त गरी ठिक भइसकेका हुन्छन् भने दोस्रो वर्गमा इम्यूनिटी कमजोर भएकाहरु माथि यो भाइरस लाग्न सक्ने खतरा बनिरहन्छ ।

ब्रिटेन जस्तो देशले यो भाइरस माथि विजय प्राप्त गर्नेहरुलाई इम्यून सर्टिफिकेट दिने कुरामाथि विचार गरिरहेको छ । इम्यून सर्टिफिकेट प्राप्त गर्नेहरु मात्र सामान्य तरिकाले कामकाज गर्न पाउनेछन् भने बाँकी मानिसहरु लकडाउनमै बस्नुपर्ने हुन्छ । हातमिलाउने, आमुने–सामुने बसेर बैठक गर्ने परम्परा शायद अब समाप्त हुनेछ र समारोह तथा पुजा प्रार्थना गर्ने तरिका पनि शायद सधैका लागि बद्लिने छ । विवाह, जन्मदिन, मरण समारोह जस्ता सामाजिक कार्यक्रमहरुमा मानिसहरु अनलाईनबाटै आफ्नो सहभागिता देखाउने छन् । दुबइले त यो नियम पहिला नै बनाइसकेको छ कि मानिसहरु अनलाइन बिवाह गर्न र सहभागि पनि हुनसक्छन् । भविष्यमा यो नियम अरु देशहरुले पनि पालना गर्नेछन् होला ।

कोरोना पछिको विश्व शायद कहिल्यै पहिला जस्तै हुन नसक्ला । आउनेवाला भविष्य आजको भन्दा निकै फरक हुन्छ । यसको लागि हामी जति छिटो आफूलाई तयार गर्छौ त्यतिनै हामी आफ्नो जीवनमा कम समस्याहरुको सामाना गर्नेछौं ।

कृपया तपाई पनि आफ्नो टिप्पणी तल लेख्न सक्नुहुन्छ …

विचार लेखक: दिपेन्द्र कानु, बीरगंज, पर्सा

Leave a Reply