You are currently viewing खल्तीको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ

खल्तीको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ

असोज २२, भक्तपुर,

‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिलाई फोन गरी ठगी गर्ने चार जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू खल्तीको आधिकारिक कर्मचारी भएको बताउने, स्क्रिन सेयर गर्न लगाउने तथा ओटीपी (OTP) कोड मागेर विभिन्न व्यक्तिका बैंक तथा वालेट खातामा अनधिकृत रूपमा पहुँच पु¥याई रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज १२ गते करिब ४ बजे ललितपुर महानगरपालिका–२८, हात्तीवनस्थित माई सिटी अपार्टमेन्टको १३औँ तलाको TE/1305 नम्बरको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतमा पेश गरी अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ स्थायी घर भई हाल ललितपुरको हात्तीवन बस्ने २३ वर्षीय सुमन कुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० स्थायी घर भई हाल ललितपुर हात्तीवन बस्ने २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ स्थायी घर भई हाल ललितपुर थापाखेल बस्ने २५ वर्षीय पवन कुमार चौधरी र रौतहट गढीमाई नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर थापाखेल बस्ने २१ वर्षीय रिसी गंगा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply