पुष २८ गते जिल्ला रुपन्देही असुरैना वडा नम्बर ३ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ मा व्यवसाय गरि बस्ने करन गुप्तालाई बारम्बार अपरिचित Ncell को विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गरि यदि नदिएमा सुट गरि हत्या गर्छु भनि धम्की आइरहेको थियो ।
पटक पटक दिनरात धम्कि दिएको भनी जिल्ला प्रहरी चितवन कार्यालयमा निवेदन प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा बिशेष प्रहरी टोली परिचालित भएको थियो ।
विभिन्न प्रविधी को प्रयोग तथा सूचना संकलन तथा शंकित व्यक्तिको निगरानी गरी निज धाक धम्की दिई रकम माग गर्ने व्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरुको पहिचान तथा खोजतलास गर्ने क्रममा माघ २ गते उक्त कार्यमा संलग्न जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर २१ बस्ने २७ वर्षको सरोज सुनार, जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षको दिपक बि.क. र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर २६ बस्ने २५ वर्षको सागर बि.क. लाई जिल्ला, चितवन भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौति रकम लिन आएको अवस्थामा पक्राउ गरिएको छ ।
चितवन जिल्ला, अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।