You are currently viewing मन्दिर भित्रको मूर्ति तोडफोड गर्ने व्यक्ति नियन्त्रणमा

मन्दिर भित्रको मूर्ति तोडफोड गर्ने व्यक्ति नियन्त्रणमा

नेभा, धनुषा, १ चैत,

जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ८ मा रहेको राजदेवी मन्दिर र सोहि ठाँउमा वडा नम्बर ९ मा रहेको झिलिमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मूर्ति तोडफोड भएको सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट परिचालित प्रहरी टोलीले घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान गरीरहेको थियो ।

घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ को निवासी ३३ वर्षको राकेश बैठालाई नियन्त्रणमा लिइएको छ ।

धर्म सम्बन्धी कसुरमा जिल्ला, अदालत मलंगवा सर्लाहीबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको कुरा प्रहरी उपरीक्षक श्याम कुमार महतोले जनाएका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने, धार्मिक भावनामा आघात पुर्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा नपुर्याउने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था रहेको छ । धर्म सम्बन्धी कसुरमा अधिकतम ५ वर्षसम्म कैद र पचास हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यस्ता कसुर गर्ने वा गराउने व्यक्ति जो कोहीलाई पनि कानुन बमोजिम कारवाही गरिने कुरा सुचना अधिकारी श्याम कुमार महतोको बिज्ञप्ती द्वारा जनाइएको छ ।

Leave a Reply