गर्मी मौसममा शरीरमा धेरै रोगले असर गर्छ, जसमा पेट दुख्ने समस्या पनि एउटा हो । तापक्रम बढ्दै गएपछि गर्मी मौसममा हुने रोग र समस्या पनि बढ्न थालेको छ । गर्मीमा हामीले आफूलाई हाइड्रेटेड राख्न सकेनौं भने पेटसँग सम्बन्धित धेरै समस्या हुन थाल्छ ।
यस्तो अवस्थामा यदि तपाई पनि यस मौसममा पेट दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने यहाँ हामी तपाईलाई पेट दुख्ने कारण र यसबाट बच्ने उपाय बताउन गइरहेका छौँ । जसलाई अपनाएमा गर्मी मौसममा पेट दुख्ने जस्ता गम्भीर समस्याबाट बच्न सकिन्छ ।
गर्मी मौसममा पानीको कमीका कारण पेट दुख्ने समस्या हुन्छ । त्यसैले गर्मी मौसममा शरीरमा पानीको कमी हुन नदिनुहोस् ।
गर्मी मौसममा एलोभेरा फाइदाजनक हुन्छ । यदि तपाईलाई कब्जियतका कारण पेट दुख्ने समस्या छ भने तपाईले यसका लागि दिनको दुई पटक २० एमएल एलोभेराको जुस लिन सक्नुहुन्छ । यसले तपाईंलाई राहत दिनेछ ।
औषधीय गुणले भरिपूर्ण बेसारले पेट दुख्ने समस्या कम गर्न मद्दत गर्छ । बेसारमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । र नरिवलको पानी पनि पेटका लागि फाइदाजनक हुन्छ । गर्मी मौसममा हरेक दिन नरिवलको पानी पिउनुपर्छ ।
पेट दुखेमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुहोस् र उचित सल्लाह लिएर मात्र औषधि खानुहोस् । गर्मी बाहेक पित्त थैली, अल्सर र एपेन्डिक्सको सूजनले पनि पेट दुख्ने गर्छ ।