जिल्ला प्रशासन कार्यालय, बाँके र औषधि व्यवस्था विभाग, नेपालगंजको संयुक्त निरिक्षण टोलीले एउटा औषधि पसलमा शिलबन्दी गरेको छ ।
प्राप्त गुनासोको आधारमा नेपालगंज वडा नम्बर १३ स्थित वर्मा अंजला मेडिकल हल मा अनुगमन गर्दा गैर व्यक्ति बाट औषधि पसल संचालन गरेको र नेपालमा दर्ता नभएको औषधिहरु संचय गरेको पाईएकोले फार्मेसी शिलबन्दी गरीएको छ ।
थप अनुसंधान तथा कारवाहीको लागी औषधि व्यवस्था विभाग, नेपालगंजमा संचालकलाई उपस्थित हुन निर्देशन दिइएको कुरा जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।