साउन २८, ललितपुर: बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१०, बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारी रहेका छन्।
प्रहरीका अनुसार भण्डारीविरुद्धका १२ वटा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा रु. २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ बराबरको रकमसम्बन्धी कसुर रहेको छ। अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र रु. १ करोड ५८ लाख ५४ हजार ६ सय ३० जरिवाना तोकिएको छ।
पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय, ललितपुर

