You are currently viewing १ लाख बढी भन्दा रकम सहित ९ जुआड़ी पक्राउ

१ लाख बढी भन्दा रकम सहित ९ जुआड़ी पक्राउ

नेभा, कास्की, २९ पौष,

जिल्ला, कास्की पोखरा महानगरपालीका वडा नम्बर ८ न्यूरोड स्थित जुवातास खेलीरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिई गएको प्रहरी टोलिले निम्न स्थान बस्ने ९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला, कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड बस्ने ३५ वर्षकी दिपा पुन, सोहि ठाउँको वडा नम्बर १ बगर बस्ने ५४ वर्षको जित बहादुर गुरुङ, सोहि ठाउँको वडा नम्बर ११ बस्ने ३६ वर्षकी दिप्लव चोचाङ्गी, सोहि ठाउँको वडा नम्बर १८ साराङकोट बस्ने ३६ वर्षकी पवित्रा ढकाल, सोहि ठाउँको वडा नम्बर ११ फुलवारी बस्ने ७१ वर्षको तिर्थ बहादुर गुरुङ, सोहि ठाउँको वडा नम्बर १७ बिरौटा बस्ने ५० वर्षकी आईती गुरुङ, सोहि ठाउँको वडा नम्बर १० रामबजार बस्ने ३५ वर्षको अमर खनाल, सोहि ठाउँको वडा नम्बर १४ बस्ने ३६ वर्षको कुल बहादुर गुरुङ र सोहि ठाउँ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने ३२ वर्षको नबिन थापा हुन् ।

निजहरुलाई उक्त ठाउँमा बस्ने दिपा पुनको कोठामा जुवातास खेली रहेको अवस्थामा ४ बुक तास र नगद रु. १ लाख २२ हजार १ सय ७५ रुपैयाँ सहित फेला पारेको हुँदा निजहरुलाई नियन्त्रणमा लिईएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

Leave a Reply