पौष २८ गते जिल्ला बाँके नेपालगंज उपमहानगपालिका वडा नम्बर ८ रानितलाऊ नजिकबाट साईकल चोरी गरेको अभियोगमा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला, बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षको राजेन्द्र वर्मालाई वडा प्रहरी कार्यालय, नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रकृया अघि बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।