विश्वव्यापी महामारीको रुपमा फैलिरहेको COVID-19 अर्थात कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न बीरगंजका मेयर बीजय सरावगीले महत्पूर्ण निर्णयका साथ सम्पूर्ण बीरगंजवासीहरुलाई कडाइका साथ पालना गर्न गराउन सोमवार हार्दिक अपिल गर्नुभएको छ ।
महानगरपालिकाको निर्यण अनुसार आकस्मीक काम बाहेक घरबाहिर नगई चैत्र १० गते देखि चैत्र १८ सम्म सम्पूर्ण नगरवासीहरु अनिवार्यरुपले आ–आफ्नो घरभित्र बसोबास गर्न निर्देशनका साथ हार्दिक अपिल पनि गरेका छन् ।
उक्त समय अवधिमा त्यस्तै अत्यावश्यक दैनिक उपभोग्य सेवा तथा वस्तुहरु जस्तै दुध पसल, दुध बोक्ने सवारी साधन, औषधी पसल, किराना पसल, तरकारी तथा फलफुल पसलहरु, दमकल सेवा, एम्बुलेन्स सेवा, अस्पताल सेवा मात्र खुल्ला रहने छन् ।
त्यस्तै अति आवश्यक सेवा लिन पनि बाहिर निस्किनु परेमा एक जना मात्र सेवा लिई घर फर्किन तथा अनावश्यकरुपले २ जना भन्दा बढी भेला न हुन पनि सोमवार जारि गरिएको अपिल मार्फत जानकारी गराइएको छ ।
सेवा प्रदान गर्ने पसलहरुलाई पनि सेवाग्राहिहरुको भिड नलगाई आलोपालो गरी सेवा प्रदान गर्न भनिएको छ ।
आफू तथा वरपर सरसफाइ राख्नुका साथै बारम्बार साबुन पानीले वा सेनिटेजेरले हात धुन । कुनै झुटो खबरको पछाडि न लाग्न र सैयम अपनाएर उच्च मनोबलले यो भाइरससंग लड्न सबैलाई आग्रह गरिएको छ ।
आकस्मिक अवस्थामा मात्र नगर प्रमुख विजय कुमार सरावगीलाई ९८५५०८३६७८, प्रमुख जिल्ला अधिकारीलाई ९८५५०७७७७७, प्रहरी उपरिक्षकलाई ९८५५०७५५५५ तथा नगर प्रहरी इन्चार्जलाई ९८५५०९०४७४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालयले पनि जिल्लावासीको नाममा अपिलपत्र भोजपुरी भाषामा जारी गरिसके छ ।
Great step….