You are currently viewing सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने राई पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने राई पक्राउ

नेभा, काठमाडौं, ३ माघ,

समाजिक सञ्जाल फेसबुक र यूट्युबमा नाम, र ठेगाना र तस्विर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक अघात पुर्याएकोले कानुनी कारबाही गरी पाउ भनि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएको थियो ।

प्राप्त निवेदन माथिको प्रारम्भीक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाने क्रममा उक्त कार्य गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सङ्खुवासभा जिल्ला, साबिक दिदिङ्ग गाउँ बिकास समिती वडा नम्बर ३ हाल सोहि जिल्लाको चिचिला गाउँपालिका वडा नम्बर २ स्थायी वतन भई सोहि स्थान बस्ने ३२ वर्षको केशरमान राई खुल्न आएकोले निजलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा माघ २ गते जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाको सहयोगमा पक्राउ गरीएको हो ।

आज काठमाडौं जिल्ला अदालतको आदेशले दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा उप निर्देशक पशुपति कुमार रायले जनाएका छन् ।

Leave a Reply