You are currently viewing त्रिभुवन विमानस्थलबाट युएई र साउदीको मुद्रा सहित २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट युएई र साउदीको मुद्रा सहित २ जना पक्राउ

नेभा, काठमाडौं, १ फाल्गुन,

Fly Dubai को उडानद्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेकी यात्रु जिल्ला, सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ स्थायी वतन भएकी १९ वर्षकी सुस्मिता गोलेलाई पक्राउ गरिएको छ ।

निजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँच गर्ने क्रममा निजले लिई आएको झोला भित्र विभिन्न दरको Saudi Riyal १ लाख ४९ हजार र UAE Dirham १० हजार लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको थियो ।

उक्त पैसा सहित निजलाई सो मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उल्लेखित मुद्रा जिल्ला, सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर २ स्थायी वतन भएका ३४ वर्षको माईला स्याङ्बोले दिएको भनी खुलाए पश्चात् तत्कालै निज माईला स्याङ्बोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेट बाहिबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्लेखित मुद्राहरु आफूले नै सुस्मिता गोलेलाई दिएको भनी खुलाए ।

अबैध मुद्रा सहित निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्वन अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाईएको कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply