You are currently viewing भ्रष्टाचार (कविता): राधेकृष्ण उपाध्याय

भ्रष्टाचार (कविता): राधेकृष्ण उपाध्याय

देश विकासमा पुर्याउँछ बाध्यता,

जसले हनन गर्छ जनताहरुको अधिकार ।

सफलतापूर्वक अघि बढ्न दिंदैन साथीहरु,

किनकी यही त हो भ्रष्टाचार ।।

यसका कारण भएछन् निरुत्साहन,

हुन सकेको छैन् दलित वर्गको प्रोत्साहन ।

पाए छैनौं हामीले पनि सरकारी स्याहार सुसार,

किनकी यही त हो भ्रष्टाचार ।।

गरिसकेकाछन् आफ्नो कब्जा जमाई,

जनताहरुलाई विभिन्न लोभलालचमा फसाई ।

झुटो मतले गर्दा दलहरुले पाएछन् अधिकार,

किनकी यही त हो भ्रष्टाचार ।।

सुशासन प्रवर्धनमा होऔं सहभागी,

सुनौलो भविष्यदर्शीको बनौ भागी ।

उज्जवल भविस्यको पाउन अधिकार,

अब मिलीजुली रोकौं हामीले भ्रष्टाचार ।।

— राधेकृष्ण उपाध्याय,

कक्षा १२, ग्लोबल विजनेस कलेज, बीरगंज, पर्सा

Leave a Reply