You are currently viewing स्लोभाकियाका प्रधानमन्त्री फिकोलाई हान्यो गोली, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

स्लोभाकियाका प्रधानमन्त्री फिकोलाई हान्यो गोली, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

नेभा, स्लोभाकिया, ३ जेष्ठ,

स्लोभाकियाका प्रधानमन्त्री फिकोलाई गोली हानीएको छ । उनलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली लाग्दा घाइते भएका छन् ।

फिकोलाई ह्यान्डलोभा सहरको एउटा सांस्कृतिक सामुदायिक केन्द्रको अगाडि गोली हानिएको थियो, जहाँ उनी सरकारी बैठकमा भाग लिइरहेका थिए । घटनास्थलमा रहेका पत्रकारहरूका अनुसार धेरै गोलीको आवाज सुनिएको थियो ।

स्लोभाक नेतालाई अस्पताल लगिएको छ र उनको कथित आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । घटना राजधानी ब्रातिस्लाभाबाट करिब १८० किलोमिटर (१२२ माइल) उत्तरपूर्वमा रहेको ह्यान्डलोभामा भएको हो ।

गोलीबारीप्रति आफ्नो प्रारम्भिक प्रतिक्रियामा, स्लोभाकियाका निवर्तमान राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि भएको “क्रूर” आक्रमणबाट स्तब्ध भएको र उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

Leave a Reply