You are currently viewing गाली बैजती मुद्दामा फरार प्रतिवादीहरु प्रहरी नियन्त्रणमा

गाली बैजती मुद्दामा फरार प्रतिवादीहरु प्रहरी नियन्त्रणमा

नेभा, उदयपुर, ११ पुष,

प्रचौ लालबजार उदयपुरबाट खटिएको प्रहरी टोलीले दुईजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

गाली बैजती मुद्दामा रु. ५ हजार जरिवाना तोकिएको जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ५ घुम्ने बस्ने ६२ वर्षको डम्बर बहादुर कट्वाल र सोहि मुद्दामा रु. ५ हजार जरिवाना तोकिएको जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ५ घुम्ने बस्ने ५२ वर्षको तिलक बहादुर कट्वाललाई प्रहरीले पक्राउ गरेको छ

निजहरुलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply