You are currently viewing सामाजिक सञ्जाल मार्फत अश्लिलता फैलाउने खड्का पक्राउ

सामाजिक सञ्जाल मार्फत अश्लिलता फैलाउने खड्का पक्राउ

नेभा, १४ मार्ग,

युट्युवबाट अश्लिलता फैलाउने किसीमको आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शब्दको प्रयोग गरी भिडियो पोस्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् ।



प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटाईएका म्यादी प्रहरीहरुको चरित्र हत्या गर्ने खालको श्रव्य दृश्य बनाई युट्युव तथा फेसबुकबाट प्रसारण गर्दा जिल्ला मकवानपुर हेडौडा उप माहानगरपालीका वडा नम्बर ४ का हुप्राचौर बस्ने २० वर्षका प्रतिक भन्ने नबिन खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट १३ गते पक्राउ अनुमती लिई प्रहरी कार्यालय मकवानपुरको सहयोग लिई ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेका छन् ।

निजलाई पक्राउ गरी १४ गते सम्मानित काठमाडौं जिल्ला अदालतको आदेशबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा उपनिर्देशक प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

Leave a Reply