झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना व्यक्तिको मृत्यु भएको छ ।
हिजो ताराबारीबाट गोलाटार तर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका वडा नम्बर ५ का ३० वर्षको सुनिल लावती घाईते भई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो ।
उपचारको क्रममा राती उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय, दमकबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।