You are currently viewing टिपर र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

टिपर र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नेभा, संखुवासभा, ९ असार,

संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ८ वानेश्वर स्थित भ्यू होटल नजिक चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८२४९ नम्बरको टिपर र को १५ प ९८३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक चैनपुर नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी ४९ वर्षको पदम श्रेष्ठ गम्भीर घाईते भई चैनपुर आधारभुत अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरिएको कुरा प्रहरीले जनाएको छ ।

घटनामा संलग्न टिपर चालक चैनपुर नगरपालिका वडा नम्बर १० खराङ बस्ने अन्दाजी ३३ वर्षको कमानसिंह तामाङ र सवारी साधन इलाक प्रहरी कार्यालय, चैनपुर संखुवासभाको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply