You are currently viewing नदिजन्य पदार्थ उत्खननमा संलग्न ८ वटा सवारी साधनहरु नियन्त्रणमा

नदिजन्य पदार्थ उत्खननमा संलग्न ८ वटा सवारी साधनहरु नियन्त्रणमा

नेभा, उदयपुर, ११ पुस,

ईलाका प्रहरी कार्यालय रौतामाई तथा प्रचौ लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका  वडा नम्बर ६ लालपता चेकप्वाईन्टबाट ६ वटा टिफर, सोहि वडा नम्बर ३ भुल्के चेकप्वाईन्टबाट १ वटा ट्याक्टर लाई नियन्त्रणमा लिएको छ ।

सोहि मितिमा रौतामाई गाउँपालिका वडा नम्बर ८ रसुवाखोलाबाट १ वटा ट्याकटर गरी कुल ६ वटा टिफर र २ वटा ट्याक्टरमा अवैध नदिजन्य पदार्थ उत्खनन गरि ल्याएको ढुङ्गा तथा बालुवा लोड गरि ल्याईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

उक्त गाडीहरुलाई पक्राउ गरी कारवाहिको लागि सम्बन्धित स्थानीय तहमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply