You are currently viewing अमेरिकाको क्लिभल्याण्डमा एक व्यक्तिले छिमेकीमाथि गोली चलाउँदा ५ जनाको मृत्यु

अमेरिकाको क्लिभल्याण्डमा एक व्यक्तिले छिमेकीमाथि गोली चलाउँदा ५ जनाको मृत्यु

नेभा, १७ बैशाख,

अमेरिकामा गोलीकाण्डका घटना घट्ने नाम लिइरहेका छैनन् । अमेरिकाको टेक्सास राज्यको क्लिभल्याण्डमा एक व्यक्तिले राइफल निकालेर आफ्ना छिमेकीहरूलाई गोली हान्न थाले, जसमा आठ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार यो जानकारी दिए । राति घरको पछाडिको भागमा गोली चलाउने व्यक्तिलाई छिमेकीले सो समयमा निदाउन खोजेकाले गोली चलाउन बन्द गर्न आग्रह गर्दा उक्त घटना भएको उनीहरुले बताए ।

ह्युस्टनबाट करिब ७२ किलोमिटर उत्तरमा रहेको क्लिभल्याण्ड सहरमा भएको गोलीकाण्डपछि अधिकारीहरूले ३९ वर्षीय संदिग्ध व्यक्तिको खोजी गरिरहेको सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले बताए । उनले गोली प्रहारमा संदिग्धले एआर राइफल प्रयोग गरेको बताए । क्यापर्सले भने कि बहस पछि, पीडितका परिवारका सदस्यहरू छिमेकीको पर्खालमा गए र संदिग्धलाई गोली चलाउन बन्द गर्न भने ।

केपर्सका अनुसार, संदिग्धले जवाफ दिए कि यो उसको परिसर हो । मृत्यु हुनेमा तीन जना महिला रहेका छन् । मृतकहरुको उमेर आठ वर्षदेखि ४० वर्षसम्म रहेको केपर्सले बताए । मृत्यु हुने सबै होन्डुरसका नागरिक थिए । उल्लेखनीय कुरा के छ भने, केही दिनअघि दक्षिणपूर्वी वाशिङटन नजिकै फेयरलानमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । घटना १९ औं सडकको १५०० ब्लकमा भएको प्रहरीले जनाएको छ । मृतकको शरिरमा धेरै गोलीका घाउ देखिएको प्रहरीले जनाएको छ । यसअघि अमेरिकाको अर्कान्सास प्रान्तमा पनि गोली हानाहान भएको थियो । त्याहाँ दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

Leave a Reply