पाकिस्तानमा विष्फोटको खबर आएको छ । शुक्रबार बिहान इस्लामावादको आई-१०/४ सेक्टरमा विस्फोट भएको छ । यो विष्फोट क्लिनिक बाहिर भएको बताइएको छ । पाकिस्तानी मिडियाका अनुसार सडकमा गाडी जलिरहेको देखिएको छ । घटनाको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको थियो ।
पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको राजधानी इस्लामावादमा भएको विस्फोट आत्मघाती हमला हो । विष्फोटपछि सो क्षेत्रमा त्रसितको माहौल छ । विष्फोट किन भयो, कसले गराएको हो, यसको कारण भने खुल्न सकेको छैन ।
ठूलो आवाजमा विस्फोट हुँदा प्रहरीले शंकास्पद कारलाई रोकेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानी समाचार एजेन्सी डनका अनुसार पुलिसले I-10 क्षेत्रमा रहेको एक क्लिनिक बाहिर विस्फोट भएको रिपोर्ट आएको पुष्टि गरेको छ । यस आक्रमणमा प्रहरी घाइते भएका छन् । उल्लेखनीय छ, यसअघि पाकिस्तानको पेशावरस्थित मस्जिदमा आत्मघाती हमला भएको थियो । जसमा ५७ जनाको मृत्यु भएको थियो ।