You are currently viewing नोबेल पुरस्कार विजेता पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता पिटर हिग्सको निधन

नेभा, २८ चैत,

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन भएको छ । हिग्स भगवानको कणको खोजका लागि परिचित थिए । भगवानको कणको आविष्कारले बिग ब्याङपछि कसरी सृष्टि भयो भनेर व्याख्या गर्न मद्दत गर्यो । उनलाई हिग्स-बोसन सिद्धान्तका लागि संयुक्त रूपमा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

एडिनबर्ग विश्वविद्यालयले अप्रिल ८ मा रोगको कारण घरमा उनको मृत्यु भएको भन्दै हिग्सको मृत्युको पुष्टि गरेको थियो ।

एडिनबर्ग विश्वविद्यालयले हिग्स महान् शिक्षक भएको बताएको छ । एडिनबर्ग विश्वविद्यालयका उपकुलपति पिटर म्याथिसनले हिग्स एक प्रतिभाशाली व्यक्ति र एक प्रतिभाशाली वैज्ञानिक भएको बताए ।

उनको दर्शन र कल्पनाले हाम्रो संसारको ज्ञानलाई समृद्ध बनाएको छ । उनको कामले हजारौँ वैज्ञानिकहरूलाई प्रेरणा दिन्छ । आउँदो पुस्ताहरूले उनको विरासतलाई अगाडि बढाउनेछन् ।

बेलायतका पिटर हिग्स र बेल्जियमका फ्रान्कोइस एन्ग्लर्टले सन् २०१३ को भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका थिए । यी दुई वैज्ञानिकले परमाणुभन्दा साना कणहरूको द्रव्यमान व्याख्या गर्ने प्रक्रियाको सैद्धान्तिक खोज गरेका थिए । हिग्स रोयल सोसाइटीको फेलो र कम्प्यानियन अफ अनर थिए । उनले सन् २०१२ मा सैद्धान्तिक भौतिकशास्त्रका लागि हिग्स केन्द्रको स्थापना गरेको थिए ।

Leave a Reply