You are currently viewing भित्री लुगाभित्र ल्याइएको सुन सहित श्रीलंकन युवती पक्राउ

भित्री लुगाभित्र ल्याइएको सुन सहित श्रीलंकन युवती पक्राउ

नेभा, काठमाडौं, २५ पौष,

पौष २२ गते सुराकीले दिएको विशेष सूचनाको आधारमा Fly Dubai एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाण्डौं आगमन भएका यात्रु श्रीलंकन नागरिक ४५ वर्षकी KANTHYMATHY KAVASKAR महिलालाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई शरिर खानतलासी गर्ने क्रममा निजले लगाई आएको भित्री बस्त्र ब्राको दुई तर्फ फल्स बटम बनाई सुन धातुको अर्ध ठोस बस्तु पोका २ थान फेला परेको थियो ।

निजले लगाई आएको भित्र लगाउने कट्टु समेत शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि उक्त युवतीलाई २३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा परीक्षण गर्दा अर्ध ठोस बस्तु र कट्टुको कुल तौल १ किलो २६९ ग्राम र गलाए पछि सुन ८३२ ग्राम रहेको खुल्न आएको कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रहरीले जनाएको छ ।

Leave a Reply