You are currently viewing बैना रकमको विगो मुद्दाको फरार अभियुक्त पक्राउ

बैना रकमको विगो मुद्दाको फरार अभियुक्त पक्राउ

नेभा, बाँके, १९ माघ,

विगो मुद्दाको एकजना फरार रहेको प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने राम शंकर माधवदासी भन्ने व्यक्ति हुन् ।

बाँके जिल्ला, अदालतको मिति २०८० साल अषाढ २२ गतेको फैसलाले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका १ बस्ने ७० वर्षको राम शंकर माधवदासीलाई बैना रकमको विगो मुद्दामा १ वर्ष कैद सजाय तोकिएकोमा निज प्रतिवादी हालसम्म फरार रहेका कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

निजलाई उक्त कार्यालयबाट खटिएको प्रहरी टोलिले आज पक्राउ गरी बाँके जिल्ला, अदालतमा बुझाईएको छ ।

Leave a Reply