जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थितबाट निषेधित मादकपदार्थ बरामद गरिएको छ ।
उक्त वडा स्थित संचालन भई रहेको महोत्सवमा निषेधित गरिएको बिभिन्न ब्राण्डका मादकपदार्थ बिक्री वितरण गरेको पाईकोले निषेधित अन्दाजी मूल्य रु. ४० हजार बराबरको मादकपदार्थ बरामद गरिएको छ ।
बरामद गरिएको मादकपदार्थ आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।