You are currently viewing ई-रिक्सामा जडान गरी ल्याएको ईन्भरटर ब्याट्री प्रहरीको नियन्त्रणमा

ई-रिक्सामा जडान गरी ल्याएको ईन्भरटर ब्याट्री प्रहरीको नियन्त्रणमा

नेभा, बाँके, ३१ जेठ,

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ चौलिका चोकमा भारतबाट ई-रिक्सामा जडान गरी भन्सार छली ल्याउदै गरेको अवस्थामा ईन्भरटर ब्याट्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० बाट कुलर वाटर पम्प, मोटरसाईकल पार्टस सहित अन्दाजी मुल्य रु. १ लाख ४३ हजार १ सय बराबरको अबैध भन्सार छलिको सामान र ढुवानीमा संलग्न सवारी साधन सहित लिइएको छ ।

नियन्त्रणमा लिइएको समानहरु र सवारी साधन आवश्यक कारवाहीको लागी भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply