जिल्ला रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले मंसिर २१ गते काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेकपोष्टमा रसुवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१- ०२८ च २६९७ नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिईएको छ ।
चेक जाँच गर्दा उक्त गाडीको Gear Box एरियामा Heraeus Feingold 999.99 1000 ग्राम समेत लेखिएको २ किलो तौल भएको सुन जस्तो देखिने पहेलो रंगको धातुको विस्कुट आकारको ढिक्का २ थान बरामद गरी बिरु तामाङ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साथै निजहरुले अवैध तरीकाबाट संगठित रुपमा भन्सार तथा राजस्व छलि सुनको कारोवार गरेको हुदाँ निजहरुलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको कुरा प्रवक्ता, सूचना अधिकृत तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएको छन् ।