अमेरिकाको फ्लोरिडाको मियामी बीचमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । मिडिया रिपोर्टका अनुसार शनिबार मियामी बीच नजिकै एट्लान्टिक महासागरमा हेलिकप्टर दुर्घटना भएको थियो । यस दुर्घटनामा दुई जना घाइते भएका छन् । जसलाई ज्याक्सन मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
मियामी पुलिसले CNN लाई भन्यो, शनिबार दिउँसो पुलिसले १० औं स्ट्रीटको नजिक समुद्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त गर्यो ।
त्यसपछि पुलिस र मियामी बीच फायर टीम घटनास्थल पुग्यो । सो क्रममा दुर्घटनामा घाइते भएका दुईजनालाई ज्याक्सन मेमोरियल अस्पताल लगिएको थियो । CNN ले पुलिसलाई उद्धृत गर्दै भनेको छ कि दुर्घटना समुद्र तटबाट 50 गज टाढा भएको थियो । तर, यस अवधिमा कुनै मानवीय क्षति भने भएको छैन ।