जिल्ला प्रहरी कार्यालय, बाराको मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी चेकिङ्ग टोलीले जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा ना ६ ख २६२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ ।
उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा VCTS अनलाईन बिल गिट्टिको देखाएको र ट्रक भित्र अन्दाजी १७,७३० किलो बराबर अवैध प्याज पाईएको हुँदा उक्त अन्दाजी मुल्य रु. ९ लाख ३० हजार ८ सय २५ रुपैयाँ बराबरको प्याजलाई नियन्त्रणमा लिइएको छ ।
अन्दाजी १८ लाख मुल्य बराबरको ट्रक दुवै गरी जम्मा अन्दाजी मुल्य २७ लाख ३० हजार ८ सय २५ रुपियाँ बराबरको भन्सार छली गरी ल्याइएको प्याज र ट्रक नियन्त्रणमा गरिएको छ ।
प्याज सहित उक्त गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैयामा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।