You are currently viewing बिराटनगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

बिराटनगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

नेभा, बिराटनगर, १ पौष,

पाँचथरको फिदिम नगरपालिकावडा नम्बर ४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो अपरान्ह सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे. १ च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ पाँचथरको ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडेर घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउन साथ उनको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका वडा नम्बर ८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना समबन्धमा थप अनुसन्धान गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply