डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ खडिनास्थित सडकमा दार्चुलाबाट धनगढीतर्फ जाँदैगरेको सु.प.प्र.०१ ००१ ज १४८९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ९० फिट तल खसेर बुधबार दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्युभएको थियो भने गम्भीर घाइते भएकी दार्चुला लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीया भावनाओड पार्कीकी छोरी ३ वर्षीया रितिका पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ७ जनाकोसोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कुरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।