You are currently viewing खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा चौधरी प्रहरीको नियन्त्रणमा

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा चौधरी प्रहरीको नियन्त्रणमा

नेभा, सुनसरी, ६ जेष्ठ,

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

इटहरी वडा नम्बर ७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्बरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी वडा नम्बर ७ का २८ वर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको थियो ।

उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनामा संलग्न चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply