You are currently viewing नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा परी १६० जनाको मृत्यु

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा परी १६० जनाको मृत्यु

नेभा, नाइजेरिया, १० पुष,

मध्य नाइजेरियामा सशस्त्र समूहले गरेको आक्रमणमा १६० जनाको मृत्यु भएको छ ।

यो आक्रमण शनिबार र आइतबार भएको हो ।

पठार, मध्य नाइजेरियामा नाइजेरियाको यो क्षेत्र धार्मिक र जातीय तनावले ग्रसित छ । यहाँ लगातार किसान र गोठालाबीच झडप हुने गरेको छ । यसअघि मे महिनामा पनि यहाँ हिंसाका घटनामा एक सयभन्दा बढीको ज्यान गएको थियो ।

यसअघि नाइजेरियाली सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उक्त आक्रमणमा १६ जनाको ज्यान गएको बताइएको थियो ।

तर पछि 160 जनाको मृत्यु भएको पुष्टि भएको छ । पठार राज्यका एक वरिष्ठ अधिकारीले शनिबार र आइतवारका यी नियोजित आक्रमणमा १ सय ६० जनाको ज्यान गएको बताएका छन् ।

Leave a Reply