माघ १४ गते प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ लमही नगरपालिका वडा नम्बर ३ घर भई जिल्ला, चितवन भरतपुर महानगरपालीका वडा नम्बर ३ स्थितमा बस्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डेराकोठामा बस्ने ३२ वर्षकी आश्रीता चौधरीले आफु बस्ने कोठामा लुकाई छिपाई राखेको लागूऔषध Buprenorphine Injection IP २४४ एम्पुल, Promethrazine Hydrochloride Injection IP २५१ एम्पुल, Diazepam Injection IP २४० एम्पुल गरी जम्मा ७३५ एम्पुल फेला परेको छ ।
उक्त लागूऔषध फेला परेको हुँदा निज आश्रीता चौधरीलाई उक्त लागूऔषध सहित नियन्त्रण्मा लिई थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।