You are currently viewing लागूऔषध ब्राउनसुगर, चरेस र नियन्त्रित औषधी सहित खत्री प्रहरीको फन्दामा

लागूऔषध ब्राउनसुगर, चरेस र नियन्त्रित औषधी सहित खत्री प्रहरीको फन्दामा

नेभा, उदयपुर, १७ पुष,

प्रहरी चौकी भागलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, उदयपुर बेलका नगरपालिका वडा नम्बर १ अस्थाई प्रहरी बिट आम्बासी स्थितबाट एक जना व्यक्तिलाई पक्राउ गरिएको छ

जिल्ला, उदयपुर चौडण्डीगढी नगरपालिका वडा नम्बर ६ ज्यामिरे बस्ने अन्दाजी २६ वर्षको योगेन्द्र खत्रीलाई ब्राउण्ड सुगर ८२० मिलिग्राम, चरेस ४ ग्राम १९० मिलिग्राम लागूऔषध र ईस्पास्मो १५ ट्याबलेट नियन्त्रित औषधी सहित नियन्त्रणमा लिइएको छ

निजलाई उक्त लागूऔषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply