जिल्ला सिरहा, भगवानपुर गाउँपालिका वडा नम्बर ३ धाती स्थित भित्रि सडक खण्डमा प्रहरी चौकी ठाडी सिरहाबाट प्रहरी वरिष्ठ नायब निरिक्षक सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ती टोलीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
शंका लागी चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २० वर्षको रुपेश चौधरीले बोकेको कालो प्लाष्टिकको झोलामा Bromethozine Hydrochloride १७ एम्पुल, Buprenorphine १७ एम्पुल र Diazepam १७ एम्पुल लागूऔषध फेला परेको थियो ।
उक्त लागूऔषध र १ थान मोबाईल समेत फेला परेकोले लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डेले जनाएका छन् ।