विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने बिदेशी नागरीकहरुको नेपाल प्रहरी लागूऔषध नियन्त्रण व्यूरो द्वारा निरन्तर निग्रानी गर्दैजादा अबैध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका बिदेशी नागरिकहरुलाई लागूऔषध कोकिन सहित पक्राउ गरीएको हो ।
साल २०८१ बैशाख ३० गते कतारबाट काठमाडौं आएका युगान्डीयन नागरिक ४४ वर्षकी केभिना मुगालालाई काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगलमा फेला पारी पक्राउ गरीएको थियो ।
निज महिलालाई खान तलासी गर्दा पेटभित्र निलेको अवस्थामा केही रहेको हुनसक्ने शंकालागी नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा स्वास्थ्य परिक्षण गर्न पठाईएकोमा अस्पतालमा उपचार पद्दतिबाट निजले सेतो पलास्टिकले प्याकिङ गरी पेटमा निलेर ल्याएको ९० वटा कोकिनको क्यापसुलहरु पेट भित्रबाट निकालिएको थियो । उक्त कोकिनको क्यासुलहरुलाई तौल गर्दा जम्मा १ किलो २६० ग्राम भएको थियो ।
साथै जेठ २ गते काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल धोविचौर स्थित एक होटेलमा शंकास्पदरुपमा बसि रहेकी युगान्डीयन नागरीक लिलियन सुसन वानयेन्ज नाम भएको महिलाको शुटकेश भित्र स्नीकरस चकलेटमा लुकाई छिपाई राखिएको ६३ वटा प्लाष्टिकले प्याकिङ गरीएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको कोकिन १ किलो ३९४ ग्राम सहित पक्राउ गरीएको थियो ।
अनुसन्धानको क्रममा उक्त अबैध लागूऔषध कोकिन १ किलो ३९४ ग्राम लिन आउने भारतिय नागरिक ३३ वर्षकी देवाजानी पाल समेतलाई काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल धोविचौरको एक होटेलबाट पक्राउ गरीएको थियो ।
बरामद कोकिन २ किलो ६५४ ग्रामको अबैध बजारमा अन्दाजी मुल्य रु. ७ करोड ९६ लाख रहेको छ । निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको कुरा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।