You are currently viewing जबरजस्ती करणी उद्दोग मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी उद्दोग मुद्दाका फरार प्रतिवादी पक्राउ

नेभा, सिराहा, ३ माघ,

जिल्ला सिरहा नाम परिवर्तित लाहान (ञ) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिरहा नगरपालिका वडा नम्बर १६ बस्ने मोहम्मद मुस्लिमको छोरा अन्दाजी ४५ वर्षको मोहम्मद असिकुल मियालाई नियन्त्रणमा लिइएको छ ।

जबरजस्ती करणी उद्दोग मुद्दामा सिरहा जिल्ला अदालतको २०७४ साल फाल्गुन २३ गतेको फैसलाले प्रतिवादी मोहम्मद असिकुल मियालाई २ वर्ष ६ महिना कैद हुने ठहरेकोमा निज फरार भएका थिए ।

खोजतलास गर्दै जादाँ पौष २९ गतेको दिन लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सिरहा जिल्ला अदालतको आदेश अनुसार निजलाई कैद भुक्तानको लागि सिरहा कारागार पठाईएको कुरा प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले जनाएका छन् ।

Leave a Reply