ट्राफिक उल्लंघन अभिलेख प्रणाली सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न प्रहरी प्रमुख लगायत अन्यको उपस्थितिमा सम्पन्न भएको छ ।
मंसिर १७ गते मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आयोजनामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा सहित ८ वटै जिल्लाको ट्राफिक प्रहरी कार्यालयहरुबाट प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान गरी जम्मा २६ जना प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो ।
Traffic Violation Record System (TVRS) सम्बन्धी १ दिने अनुशिक्षण नेपाल प्रहरी प्रदेश कार्यालय, बीरगंज, पर्सा (हाल जनकपुर) को प्रशिक्षण भवनमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईबाट उद्घाटन सम्पन्न भएको खबर मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट जारि गरिएको बिज्ञप्तिबाट जानकारी गराइएको छ ।