You are currently viewing मन्दिरबाट मुर्ती चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

मन्दिरबाट मुर्ती चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

नेभा, मोरङ, २ जेष्ठ,

मोरङको बुढीगंगा वडा नम्बर ३ स्थितबाट मुर्ती चोरी गर्ने १ जना व्यक्तिलाई चोरी गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलवार राती इलाका प्रहरी कार्यालय, नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोक स्थित दुर्गा मन्दिरबाट स्थानीय २२ वर्षको आशिस राजवंशीले मार्बलले बनेको भगवान गणेश र हनुमानको मुर्ती चोरी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो ।

मुर्ती सहित पक्राउ परेका निजहरुलाई जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान भइरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply