वीरगंज १२, मुर्लिमा वडा अध्यक्षमा गुप्ता बिजयी, ढल्यो कुश्वाहाको बिरासत

0
355

बीरगंज, जेष्ठ ९,

वीरगंज महानगरपालिका वडा न १२ मा कुश्वाहाले बनाएको जनता समाजवादी पार्टी (जसपा)को बिरासत नेपाल कम्युनिष्ट पार्टी नेकपा-एमालेका गुप्ताले ढालेका छन् ।

वडा न १२ मुर्लिमा बिगत करिब ३० बर्ष देखि पटक पटक चुनाव जित्दै आएका जसपाका नेता रामदरश कुश्वाहालाई हराउदै नेकपा एमालेका सुरेश प्रसाद गुप्ता बिजयि भएका छन ।

यसपालि नेपाली काँग्रेसका जवाहरलाल प्रसाद कानुले एमालेका गुप्तालाई कडा टक्कर दिए पनि अन्तमा ८६४ मत दिई मुर्लिवासीले नयाँ अनुहारलाई वडा अध्यक्षको रुपमा सेवा गर्न मौका दिएका छन् । गुप्ताका निकटम प्रतिद्वन्द्वी कानुले ८४३ मत ल्याएका थिए भने जसपाका रामदरश कुश्वालाले ६४१ मत ल्याएका छन् ।

त्यसैगरी सदस्यमा नेकपाका महमद रेयाज अंसारी ९४० तथा दिपक कुमार डङ्गोलले ८३२ मत ल्याई विजयी भएका छन् भने महिला सदस्यतर्फ नेपाली काँग्रेसकी अनिता देवीले ८१३ मत तथा दलित महिला सदस्यमा नेकपाकै सीमा कुमारी बैठाले ८४० मत ल्याई विजयी भएका छन् ।

यसरी वर्षौको एकाधिकारलाई भत्काउँदै एतिहासिक जित हासिल गरेका वडा अध्यक्ष गुप्ताले वडावासीले आमूल परिवर्तन चाहेको र सोहि अनुरुप आफूलाई निर्वाचित गरेको हुनाले सबै वडावासीलाई धन्यवाद दिनुका साथै आफूमाथि थप जिम्मेवारी आएकोले आफ्नो कर्तव्य र जिम्मेवारीबाट एक इन्च पछि नहटी वडावासीहरुको आशा र विश्वास अनुरुप सुखदुःखमा सेवा गर्दै अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

नवनिर्वाचित वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता नेकपा एमालेका नेता तथा प्रदेश कमिटी सदस्य शम्भु प्रसाद गुप्ताका भाइ हुन् ।

Previous articleरुसको सबैभन्दा ठूलो जित, पुटिनको सेनाको मारिउपोलमा कब्जा गरेको दाबी
Next articleअमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकासहित २१ जनाको मृत्यु