केही महिनादेखि चलिरहेको हिजाब विवादका कारण सयौंको ज्यान गइसकेको छ । इरान सरकारले जबर्जस्ती हिजाब लगाउन कुनै कसर बाँकी राखेको छैन । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी मेहसा अमिनीलाई नैतिकता प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको थियो । महसा अमिनीलाई यति धेरै कुटपिट गरियो कि उनको प्रहरी हिरासतमै मृत्यु भयो ।
महसा अमिनीको मृत्युपछि इरानी महिलाहरूले हिजाब कानून र सरकारको विरुद्धमा कडा विरोध गरेका थिए । यी प्रदर्शनहरू विरुद्ध नैतिकता प्रहरीले दमनकारी रवैया अपनायो । सबै अत्याचारका बाबजुद पनि महिलाहरूले आन्दोलन जारी राखे । अन्ततः इरानी सरकारलाई झुक्नुपर्यो । अहिले इरान सरकारले नैतिक प्रहरीलाई निलम्बन गरेको छ ।
इरानका अभियोजक जनरलले नैतिक प्रहरीलाई निलम्बन गरिएको बताए । जाफर मोनटाजेरीले नैतिक प्रहरीको मिशन हालैका दंगा रोक्ने भएको र अब त्यो मिशन सकिएको बताए । उनले यो सम्पूर्ण अभ्यासको अदालतसँग कुनै सम्बन्ध नभएको पनि बताए । तर, नैतिक प्रहरी सदाका लागि बन्द हुने कि नहुने यकिन भएको छैन ।