You are currently viewing सुन जस्तो बस्तु देखाई सुन ठगी गर्ने शर्मा पक्राउ

सुन जस्तो बस्तु देखाई सुन ठगी गर्ने शर्मा पक्राउ

नेभा, झापा, ३ जेठ,

जिल्ला झापाको दमक नगरपालिका हाट बजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरुलाई विभिन्न मितिहरुमा सुन जस्तो पहेलो धातुको टिल देखाई नगद तथा लगाएका सुनका गर–गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठगी गर्ने गरेको भन्ने उजुरी तथा सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा जेठ २ गते जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ६ स्थित पशुहाटबाट सुन जस्तो देखिने पहेलो धातु सहित फेला पारी पक्राउ गरीएको हो ।

पक्राउ पर्ने जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्री बाहुन टोलको साधारण लेखपढ जानेको ३० वर्षको सन्जित शर्मा हो । निजबाट सुनजस्तो देखिने पहेलो धातु ५६.३९० ग्राम बरामद भएको छ ।

निजलाई सुन जस्तो देखिने धातु सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको कुरा प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जनाएका छन् ।

Leave a Reply