You are currently viewing नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको भयो मृत्यु

नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको भयो मृत्यु

नेभा, १५ जेष्ठ,

नाइजेरियाको दक्षिणपूर्वी सहर पोर्ट हार्कोर्टको एउटा चर्चमा शनिबार एक कार्यक्रमका क्रममा भागदौड मच्चिएको छ । यस क्रममा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएको बताइएको छ । घटनामा ज्यान गुमाउने अधिकांश बालबालिका रहेका छन् । प्रहरी र सुरक्षा अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिइएको हो ।

खाना बाँड्ने क्रममा भागदौड मच्चिएको प्रहरीले जनाएको छ । शनिबार बिहान चर्चमा खाना लिन पुगेका सयौं मानिसले गेट तोडेर भागदौड मच्चाएको थियो । नाइजेरियाको सिभिल डिफेन्स कोर्प्सका क्षेत्रीय प्रवक्ता ओलुफेमी अयोडेलका अनुसार घटना स्थानीय पोलो क्लबमा भएको हो, जहाँ नजिकैको किंग्स असेम्ब्ली चर्चले उपहार दान अभियान आयोजना गरेको थियो । उपहार वितरण गर्ने क्रममा भीडका कारण भागदौड मच्चिएको उनले बताए ।

राज्य प्रहरीका प्रवक्ता ग्रेस वोएन्जिकुरो इरिङ्गे-कोकोले भागदौड नभएसम्म अपरेशन सुरु नभएको बताए । गेट बन्द भए पनि भीड जबरजस्ती कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । जसका कारण भागदौड मच्चिएको थियो, त्यसपछि दुर्घटना भएको थियो । उनका अनुसार ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै सात घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए ।

Leave a Reply