जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बाईपास नजिक अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलिले अबैध भन्सार छलिको सामानहरु बरामद गरेको छ ।
भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याईएका जेनेरेटरमा प्रयोग हुने वाटर पम्प, पिस्टन लाईनर, वाल लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ ।
अन्दाजी मूल्य रु. ४१ हजार ५० रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।