You are currently viewing भण्डारण गरिराखेको ३८ लाख भन्दा बढीको कपडाहरु बरामद

भण्डारण गरिराखेको ३८ लाख भन्दा बढीको कपडाहरु बरामद

नेभा, बाँके, १८ असार,

असार १७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ न्युरोड भानुभक्त चोक स्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याइ भण्डारण गरी राखेको कपडाहरु प्रहरीले नियन्त्रणमा लिएको  छ ।

कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस अन्दाजी मुल्य रु. ३४ लाख १९ हजार २ सय र साडी ८ सय ४० पिस अन्दाजी मुल्य रु. ४ लाख २० हजार बराबरको थियो ।

उक्त कपडाहरुको जोड मूल्य अन्दाजी रु. ३८ लाख ३९ हजार २ सय बराबरको सामानहरु बरामद गरी निज ब्यक्ति सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply