You are currently viewing माछा मार्ने करेन्टले लियो १ जनाको ज्यान

माछा मार्ने करेन्टले लियो १ जनाको ज्यान

नेभा, झापा, १६ फागुन,

झापाको बाह्रदर्शी गाउँपालिका वडा नम्बर ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु भएको बुद्धराज लिम्बुको भन्ने व्यक्ति हुन् ।

हिजो दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय, घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply