You are currently viewing अफगानिस्तानमा मस्जिद बाहिर बम विस्फोट, एक जनाको मृत्यु र ७ घाइते

अफगानिस्तानमा मस्जिद बाहिर बम विस्फोट, एक जनाको मृत्यु र ७ घाइते

नेभा, १ फाल्गुण,

अफगानिस्तानको उत्तरी भागमा रहेको मस्जिदको प्रवेशद्वारमा शुक्रबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

तालिवानका एक अधिकारीले यो जानकारी दिएका छन् । बद्घिस प्रान्तका बाज मोहम्मद सर्वरीले विस्फोटको कारण नखुलेको र अनुसन्धान भइरहेको बताए । विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

विगतमा, स्लामिक स्टेटसँग सम्बद्ध स्थानीय समूहहरूले त्यस्ता आक्रमणहरूको जिम्मेवारी लिएका छन् । सर्वरीले भने कि घाइतेहरूलाई प्रादेशिक अस्पतालमा पठाइएको छ ।

Leave a Reply