बिग बोस ओटिटी विजेता तथा युट्युबर एल्भिस यादव फेरि एकपटक समस्यामा परेका छन् । युट्युबर एलभिस यादवलाई नोएडा प्रहरीले सर्पदंशको घटनामा पक्राउ गरेको छ । पक्राउपछि एलभिसलाई सुरजपुर अदालतमा पेस गरियो, जसले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । गत वर्ष नोएडा प्रहरीले सेक्टर ४९ मा मुद्दा दर्ता गरेको थियो, त्यसपछि एलभिस यादवलाई आज सोधपुछका लागि बोलाइएको थियो ।
प्रहरीले ब्याङ्क हलमा छापा मारेको थियो र ४ सर्पसहित ५ जनालाई पक्राउ गरेको थियो र ९ ओटा सर्प र तिनीहरूको विष बरामद गरेको थियो ।
एलभिस यादवले रेभ पार्टीका लागि सर्पको विषको व्यवस्था गर्ने र आफ्नो भिडियो सुटिङका लागि सर्पको प्रयोग गरेको आरोप लगाइएको छ ।